काठमाण्डौं, चैत २३ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण वाग्मती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थिए । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् । सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदी, केही टोल र चक्रपथ सफाइ अभियानसमेत शुरु भए । उपत्यकाका नदी, टोल र चक्रपथबाट प्रभावित भई देशका प्रमुख शहर, मुख्य नदी एवं ताल, तलाउ र पोखरीमा पनि सफाइ अभियान शुरु भए । बन्दाबन्दी शुरु हुनुअघिको शनिबारसम्म देशभरका १०६ स्थानमा सफाइ अभियान शुरु भइसकेको महाअभियानले जनाए ।

बन्दाबन्दीका कारण नदी किनारमा निस्कन नसके पनि गत हप्ता शनिबार अभियानकर्मीले आ-आफ्नो घरवरपर सफाइ गरेका थिए । पूर्वसचिव एवं सफाइ अभियानकर्मी किशोर थापाले सफाइ महाअभियानको सामाजिक सञ्जाल समूहमा शुरुको नारा पोष्ट गर्नुभएपछि घरवरपर सफाइ गर्ने अभियान शुरु भएको थिए । उनले नै सामाजिक सञ्जालमा अन्त्यको नारा राख्नुभएपछि कार्यक्रम स्थगन भएको थिए । बन्दाबन्दीअघि हप्तामा दुई घण्टा सफाइ हुने गरेकामा घरवरपर गर्दा भने निरन्तरताका लागि एक घण्टा गरिएको अभियानकर्मीले जनाए ।

चैत २२ गते शनिबार पनि सबै अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । वाग्मती नदी किनार नजिकै तिलगङ्गा क्षेत्रमा घर भएका कारण अभियानकर्मी माला खरेलले भने एक्लै भए पनि नदीमै गएर सफाइ गर्नभए ।अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सञ्चालक सदस्यसमेत रहनुभएकी खरेल आफू बन्दाबन्दीका बेलासमेत बिहान बेलुका नदी किनारको बाटो भएर प्रभातकालीन हिँड्डुल गर्ने गरेकाले शनिबार बिहान सफाइसमेत गरेको बताए । रासस

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!