बाँके, २५ असोज । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । मृत्यू हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका –१० का ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका – ८ की ७१ वर्षीया वृद्धा रहेकी छिन् । ती वृद्धवृद्धाको गतराति एक / एक घण्टाको फरकमा निधन भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि ती वृद्धवृद्धाको कोरोना परीक्षण गरिएको थियो । उनीदुवै जनामा असोज ६ र असोज १४ मा कोरोना पोजिटिभ देखिएको थियो । यो संगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ६ सय १६ पुगेको छ । तर स्वाथ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक पुष्टि गर्न भने बाँकी रहेको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!