३० असोज, काठमाडौं । पिडाले छटपटिएर मुर्छित बनेकी एक रक्ताम्य बालिका जसको कलिला उमेरले भर्खर नै केही सिक्दै थिए,उनका इन्द्रियहरुले भोलि देशका निम्ति के गर्ने,के बन्ने भन्दै बार्तालाप गर्दै थिए तर अचानक जिवनमा प्रलय आयो केही नरपिसाचहरुले उनको जिबन नरक नै बनाए ….!
जब उनि मुर्छित भई “ यो त मरि ” भन्दै छोडेर गए हो त्यहि रक्ताम्य बालिका , मुर्छित छन न सोच्नुहोस् ति अस्पतालको बेडमा छिन भनेर उनि त हरेक घरमा छिन । उनको मानसिकतामा पिडा नै पिडा भरिएको छ , उनि मुर्छित छन फरक यति मात्र हो की कोहि नरपिसाचको हबसले मुर्छित छन, भने कोही त्यस प्रलयको परिकल्पनामा मुर्छित छन ..कतै मेरी छोरी पनि , कतै मेरी दिदी बहिनी पनि, कतै म पनि ….?
कतिपय दोषि यहाँ पत्तै लाग्दैनन, कतिपय यहा लुकाईन्छन सत्ता , पावर र पैसाको आडमा जो पत्ता लाग्छन ति पनि यिनै पद,पावर , पैसावालाको भरमा सरकार नै त्यसलाई खुल्ला छोड्छ नाम धरौटीको दिएर ।
के नेपालमा कानुन यति सस्तो छ ? कानुन को पनि मोल छ र यदि बलात्कारी लाई धरौटीमा छोड्ने कानुन छ,भने माननिय यस्ता कानुनलाई आगो लगाएर यस्तो कानुनको दाहासस्कार गरे हुन्छ यो सजायँ होइन यो प्रोत्साहन हो । पैसा त बेश्यालयमा खर्च गरिन्छ के कानुन बेश्यालय हो र….? पैसा लिएर बलात्कार गर्ने लाईसेन्स दिनलाइ……. बलात्कारी सरकार .. ??
हामिले यत्रा संघर्षले ल्याएको संविधानले दिएको उपलब्धि यहि हो सरकार ? यहाँ त प्रक्रियावादका वादीहरुले कतै गुपचुप बनाईदिन्छन अनि यहाँ कयौँ नारीको अस्मिता लुटिन्छ , ज्यान लिईन्छ र कानुनको किनबेच गरिन्छ तर पनि सरकार मुकदर्शक बन्छ अनि को बलात्कारी ? नारी को सर्वस्व लुटिरहदा तिमी मुकदर्शक बन्छौं भने यस्तो सरकारलाई म के भनेर सम्बोधन गरम यहाँ कोही बलात्कारी छैन यहाँ त सरकार नै बलात्कारी छ , अनि नारी तिमी को संग न्याय खोज्छौं यहिँ बलात्कारी सरकार संग …!
जब यस प्रदेशमा “ बेटी पढाऔ, बेटी बचाऔ ’’ अभियान संचालन गरियो तब हामी अत्यन्त खुसी थियौं तर आज यहाँ जनता छोरी पढाउन नै डराउछन , कुन आशले छोरी विद्यालय पठाउने भरे बलात्कृत भइ भने ! बलात्कारको घटना यहाँ अत्यधिक हुदा सम्म मुख्य मन्त्रीको कुनै निती छैन ,कुनै योजना छैन बश अपरिपक्व भाषण आउछ “गोली ठोकम“ सक्छौ ठोकेर देखाउ , आदेश देउ तिमी नै हौ सरकार , केका लागि प्रदेश प्रमुख बनेउ केन्द्र नै ताक्ने भए तिम्रा के काम …? मुकदर्शक सरकार ! बलात्कारी सरकार ! !
हुन त म अरु के भनम् देशमा महिला राष्ट्रपति हुदा पनि यहाँ नारीले स्वतन्त्र रुपले हिड्न पाउने , पढ्न पाउने स्वतन्त्रता छैन किन त भन्दा यस्को एउटै मतलव हुन्छ कि राष्ट्रपतिलाई केही मतलव नै छैन । राष्ट्रपति यहाँ पुत्ला बनेकी छन माफ गर्नुहोला राष्ट्रपति ज्यू म हजुरलाई अमाननीयको रुपमा चित्रण गर्न बाध्य छु किनकि म मेरो आत्माको दास हु तसर्थ मेरो आत्माले हजुरलाई माननीयको तक्मा दिन सक्दैन , फिलाल त सक्दै सक्दैन तर राष्ट्रपति ज्यू मैले यो लेखिरहँदा मेरा आखा रसाएका छन म मेरै देशकी राष्ट्रपतिलाई नै अमाननीय एवम कातरको रुपमा चित्रण गर्दै छु । राष्ट्रपति ज्यू हुन त पुत्ला देखेर पनि बाँदरहरु डराउछन तर खै यहाँ डराउने होईन झुम्मिएर आए । हजुर नै राष्ट्रपति हुदा दिन दिनै किन बलात्कारका घटना अत्यधिक छ ? किन ? उत्तर प्रष्ट छ राष्ट्रपति ज्यू को कार्य पुत्लाको जतिको पनि छैन दुःख को साथ भन्न बाध्य छु ।
गृहमन्त्री ज्यू ले २०१,२०२,२०३…..ं को श्रेणीकरण गरि रहदा राष्ट्रपति ज्यू को त्यहा खबरदारी किन भएन किनकि महोदय राष्ट्रपति ज्यू पनि पुरुषार्थको अधिनमा हुनुहुन्छ , पुरुषले बनाएको मार्गमा उहाँका पाउ चल्छन् चाहे त्यो मार्ग दिसाले लतपतिएको किन नै नहोस् , उहाँमा पुरुषार्थले कोरिएको बाटो बाहेक अन्यत्र हिड्ने ल्याकत छैन ।
राष्ट्रपति ज्यू ले समाउने कलम त उहाँकै हुन्छ तर लेखाई भने पुरुषवादको हुन्छ , पतिवादको हुन्छ किन भने उनको पद पनि पतिवाद द्वारा नै प्राप्ति भएको हो यदि होइन भने देशमा राष्ट्रपति भएको जनतालाई विश्वास दिलाउनुहोस् , आफ्नो पदको गरिमा त जोगाउनुहोस् राष्ट्रपति ज्यू….
प्रधानमन्त्री ज्यू लाई त द्वा–टाउको मिलाउन र मन्त्रीमण्डल विस्तार गर्नमा नै फुर्सद छैन ।
यहाँ जनताको छोरी बलात्कृत हुदा सरकार कुनामा पसेर बलात्कार गन्छ “हामि कतिऔं स्थानमा छौं”…!
मान्यवर जुन दिन देशमा नारित्वलाई झाडिमा फाल्ने विरुद्ध कडा कानुन आउछ नि हो त्यो दिन यहाँ हरेक घरमा दिप जल्ने छ हरेक घरमा पितृवाद एवम् पुरूषवादको अन्त्य हुने छ , हो त्यहि दिन यहाँ हरेक नारी विजयी हुने छिन
हे नेपाली आमाकी छोरी हो कानुन त्यत्तिकै यि अपराधका मञ्चमा नाचिरहनेले दिदैनन कानुन यिनलाई पछारेर ल्याउनु पर्छ ,यो सडम तिम्री आमा हुन तिम्रा पाउले उनलाई दुख्दैन तर तिम्रो रोदनमा आमाको आशु होइन रक्त धारा बग्दछ ।
अब अति भो जाग नारी यि नरपिसाचलाई कालो डोरी र कालो मुखौटाको नर्क देखाउन अब उठ्नै पर्छ ।
के बलात्कारमा मुकदर्शक बन्ने यो सरकार पनि बलात्कारी हाईन र !
बिजय पोखरेल
समाजिक  अभियान्ता  बर्दिवास,महोत्तरी

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!