२३ कात्तिक, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको हो ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना भएका थिए । उपचारको क्रममा वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको उनले बताए ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!