२८ कात्तिक, डोटी । बैतडीको पाटनमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । बैतडी नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।
एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताए ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।
बस बिहीबार साँझ पाँच बजेतिर दार्चुलाको गन्नाबाट महेन्द्रनगरतर्फ प्रस्थान गरेको थियो । बाटो पक्की भए पनि घुमाउरो बाटोमा चालकले सन्तुलन गुमाएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । बस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!