२ मंसिर, काठमाडौं । सुरुमा क्लिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडिसिभर औषधीले पार्ने प्रभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन रिपोर्टअनुसार नेपालमा कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेकाहरूमा चलाउँदै आइएको रेमडिसिभर औषधि प्रयोग गर्न उपययुक्त हुने अनुसन्धान रिपोर्ट आएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बताए।

अहिले गरिएका परीक्षणबाट रेमडिसिभरले कोरोना भाइरसका संक्रमित व्यक्तिहरूमा नकारात्मक र सकारात्मक कुनै खालको विशेष प्रभाव नपारे पनि २ कुरामा सहयोग गरेको परिषद्को रिपोर्टमा उल्लेख छ।

यो औषधिले कुनै गलत प्रभाव गरेको नदेखिएको तर,संक्रमणदरसहित मृत्युदर घटाउन सहयोग गरेको र लक्षण देखिएका संक्रमितमा लक्षण कम गर्दै लगेको हुँदा संक्रमितहरूको उपचारमा यो औषधि प्रयोग गर्न प्रभावकारी मानिएको अनुसन्धानले देखाएको डा धिमालले बताए।

१२ सय स्याम्पलमा गरिएको अनुसन्धानमा औषधि प्रयोग गरिएकामध्ये ३३५ जनामा गरिएको प्रयोगको रिपोर्ट आएकोमा चरणबद्ध रूपमा विभिन्न चरणका रिपोर्टहरू आउने क्रम जारी रहेको बताइएको छ। र, सबै रिपोर्ट आइनसकेको पनि बताए । ‘हालसम्मको अनुसन्धान रिपोर्टअनुसार यसको प्रभाव सकारात्मक देखिएको छ,’ डा धिमालले भने।

परिषद्ले यससम्बन्धी गरेको अनुसन्धान रिपोर्ट अब छिट्टै सार्वजनिक गर्नेसमेत बताएको छ। १२ हजार भाइल रेमडिसिभर क्लिकल ट्रायलमा योमध्ये ५ हजार भाइल बंगलादेश र २ हजार भाइल भारतले निस्शुल्क दिएका थिए। परीक्षणमा प्रयोग गर्दा भएको सबै खर्च स्वास्थ्य मन्त्रालयले व्यहोरेको छ।

यसअघि पनि मन्त्रालयले गरेको आरडिडी परीक्षण विधिमा परिषद् आरडिटी परीक्षण उपयुक्त नभएको अनुसन्धान रिपोर्ट निकालेको थियो। जसले गर्दा मन्त्रालयले आरडिटी परीक्षण नै बन्द गरेको थियो।

परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि रेमडेसिभर औषधि उत्पादन गर्ने भारतीय कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीका औषधिहरू भित्र्याउन अनुमति दिएको थियो। क्लिनिकल ट्रायल’मै रहेको यो औषधि कोभिड(१९ का बिरामीका लागि केही प्रभावकारी देखिएको छ। अहिले संसारका धेरै देशले यसको प्रयोग गरेका छन्।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!