७ मंसिर, मोरङ । मोरङमा अवैध हातहतियार र गोली गठ्ठासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउमा उर्लावारी नगरपालिका ६ बाट प्रहरीले फक्ताङलुङ गाउँपालिका २ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।
उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शेर्पाको साथबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, विभिन्न किसिमका कागजपत्र, ३ वटा मोबाइल, ब्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको प्रहरीले जनाएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!