२० मंसिर,महोत्तरी ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ महोत्तरीको बर्दिबासमा पहिलो पल्ट प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।
बर्दिवास ८ को क्वाटर रंगशालाको फुटबल मैदान  हुने खेलमा प्रदेशभरीका ८ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । आज हुने खेलमा ८ वटा जिल्लाका ८ वटा टिम र समृद्ध समाजको ए र बि टिम गरि १० टिमले प्रतिस्पर्धा गर्ने छन ।
समृद्ध समाज बर्दिबासले आयोजना गरेको खेल आज देखि विधिवत रुपमा खेल सुरुहुने आयोजक टिमले जनाएको छ ।
शनिबार हुने खेलको उद्धघाटन समारोहमा सहभागीका लागि सबैलाइ आयोजक टिमले आग्रह गरेका छन ।

सहिद कृष्ण बहादुर राणा, भगवती स्याङबा स्मृती प्रथम गोल्ड कप नामाकरण गरिएको उक्त खेल भोलीबाट बर्दिबास(८ को हातीलेडको मैदानमा पर्दसन हुने समृद्ध समाजका सल्लाहकार तथा वडा न.७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले जानकारी दिए ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!