२१ मंसिर, काठमान्डौ । हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट गायिका ज्योती मगर बाहिरिएकी छिन् । शोको सेमिफाइनलको नजिक पुगेर उनी बाहिरिएकी हुन् ।

दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी ज्योतीले आफ्नो शैलीलाई परिवर्तन गर्ने कोशिश यो शोमा गरेकी थिइन् । यसैले पनि उनी अन्तिम पाँचसम्म आइपुगिन् ।

अब यो शोको सेमिफाइनलमा ज्योती मगर बाहिरिएपछि ४ टिम पुगेका छन् । वुद्ध लामा, सुमी मोक्तान, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा प’गेका छन् ।

स्टारहरुको नृत्य प्रस्तुत हुने शो भएकाले पनि दर्शकको माया शोले पाइरहेको छ । हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोलाई दर्शकले उल्लेख्य साथ दिइरहेका छन् ।

दर्शक श्रोताकै मायाले म यहाँ आइपुगेीे हुँ, शोबाट बाहिरिएपछि ज्योतीले भनिन् । मलाई यो शोमा सुरुवातमा आउन मन थिएनँ । तर, यहाँ आएपछि मलाई नआएको भए ठूलो गल्ती हुने रहेछ भन्ने लागेको छ ।

शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रुपमा रहेका छन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!