२१ मंसिर, सुर्खेत।सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । प्रशासनले आइतबारबाट नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण सुरु गरेको हो ।

पहिलो परिचयपत्रमा नाम समावेश गरेर सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सेवाको शुभारम्भ गरेका छन् । विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको सुरुवात गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले सुर्खेतमा पहिलो पटक लागू भएको तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरिएको जानकारी दिए ।

कोरोना महामारीका कारण सेवा सुरु गर्न ढिलाइ भए पनि आजदेखि सुरु गरिएको लामिछानेको भनाइ छ । परिचयपत्रले व्यक्तिगत घटना जस्तै जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जीकरणसम्बन्धी काम गर्नमा थप सहज हुने उनको भनाइ छ ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!