२१ मंसिर,काठमाडौँ । भारतले अस्ट्रेलियालाई दोस्रो टी-२० खेलमा पनि पराजित गरेर टी-२० सिरिज जितेको छ । आइतबार सम्पन्न दोस्रो टी-२० भारतले ६ विकेटले जितेको हो । अस्ट्रेलियाले दिएको १९५ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

भारतका लागि शिखर धवनले सर्बाधिक ५२ रन बनाएका थिए भने हार्दिक पाण्डेयले अविजित २२ बलमा ४२ रन बनाएका थिए । त्यस्तै कप्तान विराट कोहलीले ४० रन बनाए भने केएल राहुलले ३० रन बनाए । त्यस्तै सन्जु सामसनले १५ र श्रेयस अय्यरले १२ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर एडम जाम्पा, आन्द्रे टाय, डेनियल साम्स र मिचेल स्वेपसनले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि माथ्यु वाडेले सर्बाधिक ५८ रन बनाएका थिए भने स्टिभ स्मिथले ४६ रन बनाए । त्यस्तै मोइस हेनरीक्वेजले २६, ग्लेन म्याक्सवेलले २२ र मार्कोस स्टोइनिसले १६ रन बनाए ।

भारतका बलर टी नटराजनले २ विकेट लिए भने श्रदुल ठाकुर र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

यो सँगै भारतले ३ खेलको सीरिज २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल डिसेम्बर ८ मा हुने छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!