२६ मंसिर, मोरङ । जबरजस्ती करणी गरेको घटनामा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
मोरङमा २१ वर्षीया युवतीलाई २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका(५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका(८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले करणी गरी फरार भएका थिए करणी गरेको घटना मिलाउन खोज्ने दलेहरुलाई प्रहरीले पक्रउ गरेका हुन । पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा धनपालथान गाउँपालिका ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ बस्ने ५३ वर्षीय मथालु खवासलाई पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले करणी गरी फरार भएका सुरेशलाई मंसिर १९ गते नै रंगेली नगरपालिका ७ रंगेली बजारबाट पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा गाउँमै पीडित पक्षलाई उक्त रकम दिने प्रलोभनमा पारी मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!