२६ मंसिर, काठमाडौं । शिक्षा आयोगको प्रतिवेदन छापेका दुई वटा संस्थालाई गैरसरकारी संस्था महासंघ नेपालले कारबाही गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको छ ।

आयोगका १३ सदस्यको अनुमतिमा प्रतिवेदन छाप्दा सरकारको निशान छाप र प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्ने निर्णय गरिएको थियो ।
महासंघका अध्यक्ष जितराम लामा र महासचिव रामप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा ,प्रतिवेदन सार्वजनिक गरेको कारण र उपरोक्त त्रुटिका लागि सचेत र सजग गराउन आवश्यक भएतापनि सोही कारण संस्था खारेजीसम्मका कारबाही सरकारले अगाडि बढाउन खोज्नु भनेको सरकारको गम्भिर त्रुटि हुने र विद्यमान ऐनद्वारा प्रत्याभूत स्वतन्त्रताको हनन हुने कुराप्रति ध्यानाकर्षण गराउन चाहन्छौं’ भनिएको छ ।

उक्त प्रतिवेदन सार्वजनिक गरेको कारण मुलुकको शान्ति सुरक्षामा आँच पुग्ने, कुनै संवेदनशील सूचना प्रकाशित गरेको र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धमा आँच आउने स्थिति देखिँदैन, महासंघले भनेको छ,बरु, प्रतिवेदन प्रकाशन गर्ने कार्य सूचनाको हकसँग सम्बन्धित विषय पनि हो।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न सिफारिस गर्नु गलत भएको आयोगका बहुमत सदस्यहरूले ठहर गरेको छ ।
राष्ट्रिय जनमोर्चाले पनि सरकारको यो निर्णयको विज्ञप्तिमार्फत विरोध गरेको छ ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!