२९ मंसिर, बर्दिबास ।
ललन मण्डल
व्यापार व्यवसायमा युवालाई प्रोत्साहन गर्न सक्यो भने बर्दिबासकोे व्यापार व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुग्ने महोत्तरीको प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले बताए ।

महोत्तरीको बर्दिबासमा आयोजित महोत्तरी चेम्बर अफ कमर्सको पद स्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रमका बेला प्रमुख जिल्ला अधिकारी कटुवालले युवा जमातलाई व्यापार व्यवसायमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधीर अग्रवालले यस जिल्लाको टुटेश्वरनाथ, रोजा मिजार, माईस्थान, जेलेश्वरनाथलगायतका स्थानलाई पर्यटन प्रवद्र्धनमा सदैव लागिपरेको बताए । उनले महोत्तरी जिल्लाको धेरैजसो भू–भाग समत भएको र यहाँ सिंचाइको व्यवस्था पनि पर्याप्त भएकाले अन्नबाली उत्पादनमा समेत बृद्धि ल्याउन मद्दत गर्ने बताए ।

व्यापरिक हिसावले उदाउँदो यस ठाउँका युवालाई उचित सीप विकासको कमजोरीका कारण गरी बजार व्यस्थापन र अन्य विभिन्न कारणले समस्या भोग्नुकोले चेम्बर्स अफ कमर्सको स्थापना भएको अध्यक्ष अग्रवालले जनाए ।

चेम्बर अफ कमर्सका महासविच हरि काफ्लेले अध्यक्ष अग्रवालले संस्था स्थापनाको केहीदिनमैं कार्य समिति गठन गरेर बर्दिबासमा घरेलू तथा साना उधोगको पहलमा दुई दिने शिविर सञ्चालन गरेको बताए । होटल नाभ्याको सभागृहमा आयोजना गरिएको कार्यक्रममा चेम्बर अफ कमर्स प्रदेश २ का अध्यक्ष पवन कुमार ठाकुर, बर्दिबास नगरनगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्की, महोत्तरी अनुसन्धान विभागका एसपी र बर्दिबास इप्रका प्रमुख लगायतको सहभागिता थियो ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!