३० मंसिर, सिरहा
मंसिर महिना लागे यता सिरहामा चिसोले कठ्याङ्गिएर चारजनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाकाअनुसार मृत्यु हुनेमा बरियरपटी गाउँपालिका ५ झिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका ११ गदहवाका २५ वर्षीय अरूणकुमार यादव, कर्जन्हा नगरपालिका ३, बन्दिपुरका ७० वर्षीय बिल्टु महतो र कर्जन्हामै मृत्यु भएका एकको भने पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

मंसिर महिनाको सुरुवातदेखि नै तराइ क्षेत्रमा चिसो बढेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेँलले सचेतना अपनाएर चिसोको प्रतिकार गर्न जिल्लाबासीलाई आग्रह गरेका छन्।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!