३०, मंसिर, बर्दिबास
महोत्तरीको मनरा सिस्वामा जन्तिबाट घर फर्कने क्रममा जीप दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाहीको बलरा नगरपालिका वडा नं. ९ छतैनाबाट मनरासिस्वा वडा नं. ६ स्थित बिष्णु सिंहको घर आएका जन्ति विवाह पश्चात घर फर्कने क्रममा जीप दुर्घटनामा भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा भारत जिल्ला सितामढी ग्राम पञ्चायत मुढा बस्ने महेन्द्र सिंहका छोरा अन्दाजी बर्ष ३५ को राजेश सिंहको रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ५ बजे BR05S 2022 नम्बरको भारतीय जीप बर्दिबास–जलेश्वर खण्डमा पर्ने मनरा सिस्वा सडकमा जीप अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा अन्य कोही घाइते नभएको र सवारी चालक फरार रहेको छ । फरार चालकलाई पक्राउ गर्न तीब्ररुपमा खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!