३० मंसिर, जलेश्जर ।
महोत्तरीको जलेश्वरमा एक पुरुषको वेवारिस शव फेला परेको छ । जलेश्वर नगरपालिकाको कार्यालय नजिक रहेको पोखरीको डिलमा वेवारिस शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार मंगलबार बिहान १० बजे अन्दाजी बर्ष ३५ को एक पुरुषको शव भेटिएको बताए ।
मृतक व्यक्ति अपाङ्ग भएको र उनी बिगत तीन बर्षदेखि जलेश्वरको बजारमा मागेर जीविका चलाउँदै आएका थिए । उनको मृत्युको कारण खुल्न नसके पनि चिसोको कारण मृत्यु भएको अनुमान प्रहरीको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!