१ पुस, सर्लाही । नेपाल भारत सीमा नाका खुलाउन मग सहित सर्लाही जिल्ला बन्द गरिएको छ । भारतसँगको सीमा र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै बुधबार जिल्ला बन्द गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो ।

जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय, बैंकसहितका वित्तीय संस्था र यातायात समेत बन्द गर्न आह्वान गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेको
जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले जनकारी दिएका छन ।

उनका अनुसार यी दुई माग राख्दै सर्वपक्षीय संघर्ष समितिले गत मंसीर २१ गतेदेखि नै सदरमुकाम मलंगवामा धर्ना दिइँदै आएको छ । सोही संघर्ष समितिको आह्वानमा मंगलबार सदरमुकाम बन्द गरिएको थियो भने बुधबार जिल्ला बन्द गरिएको हो ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!