३ पुस, महोत्तरी । प्रहरीले लागूऔषध गाँजासहित सर्लाहीको छुट्टाछुट्टै स्थानमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । प्रहरीले युवकलाई इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकमा साइकल रोकाएर खोजतलासी गर्ने क्रममा लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।

उनले साइकलमा १० किलो ५ सय ग्राम गाँँजा तरकारी बोक्ने क्रेटमा बर्काेले छोपी लैजाँदै गर्दा बरामद भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

त्यसैगरी लालबन्दी नगरपालिका ६ मा मोटरसाइकलमा सवार दुई जनालाइ ३६ किलो २६ ग्राम गाँजासहित पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.८३ प. ८४७! नम्बरको मोटरसाइकल चेकजाँज गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार हुने व्यक्ति, सिन्धुलीको डाबडाँडा गाउँपालिका १ बस्ने ३५ वर्षीय शक्ति लामा र रौतहटको चन्द्रपुर नगरपालिका १ बस्ने ४२ वर्षीय प्रेम यादव रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिइ अन्य अनुसंधान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!