मंगलबार १० ,चैत्र २०७७

काठमाडौँ : आज बस्‍ने प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । आज दिउँसो १ बजे संसद् भवन बानेश्‍वरमा बैठक बस्‍दैछ ।

संघीय संसद् सचिवालयले निकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!