१४ चैत्र , काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको तीव्र बिरोध भएको छ। बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा गएका हुन्। मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो। झडपमा परेर पत्रकारसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन्।

मोदीको भ्रमणको विरोधमा स्थानीय हात्जारी मदरसाबाट जुलुस निस्किएको थियो। जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका छन्।

मोदी बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुने कार्यक्रम छ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!