शुक्रवारदेखि आइतवारसम्म प्रतिकुल मौसममा कारण १ सय २४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । वायु प्रदुषणले गर्दा भिजिलिविटी कम भएर शुक्रवारदेखि आइतवारसम्म आन्तरिक तथा बाह्य हवाई सेवा प्रभावित भएका छन् ।

शुक्रवार, शनिवार र आइतवाररसम्म देशभरि नै विकसित भएको वायु प्रदुषणका कारण आन्तरिकतर्फ शुक्रवार २४, शनिवार ५६ र आइतवार बेलुका ६ बजेसम्म ४४ उडान रद्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आन्तरिक तर्मिनल व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए ।

अन्तर्राष्ट्रियमा भने तीन दिनमा ३ उडान प्रभावित भएका छन् । यो खबर आजको कारोबार दैनिकमा छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!