निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्न लागेका छन्।

उनी आज प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट सर्न लागेका हुन्। आज बिहान ११ बजे बालुटारबाट बालकोट जाने भएका छन्।

निवर्तमान प्रधानमन्त्री ओली बालुवाटार छाड्दा एमाले नेता महेश बस्नेतको नेतृत्वमा कार्यकर्ताको जुलुस निस्कने भएको छ।

यसका लागि बिहान ११ बजे बालुवाटारमा भेला हुने बस्नेतले कार्यकर्तालाई आह्वान गरेका छन्।

नयाँ प्रधानमन्त्री आएपछि ओलीले बालुवाटार छाड्न लागेका हुन्।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!