खाडिचौर बजारमा अनेरास्ववियु  र युवासंघ नेपाल जिल्ला कमिटीले  बिरोध सभा गरेको छ । सर्बोच्च अदालतद्वारा जारिगरिएको असंवैधानिक कदम र माधबकुमार नेपालद्वारा नेकपा एमालेको निम्ति चालिएको घातक कदमको विरुद्ध बिहिबार साझा चोलेन्द्र शम्सेर राणा र माधकुमार नेपालको पुत्ला दहन भएको हो ।

सर्बोच्च अदालतद्वारा जारिगरिएको असंवैधानिक कदम र माधबकुमार नेपालद्वारा नेकपा एमालेको निम्ति चालिएको घातक कदमको विरुद्ध अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी र युवासंघ नेपालद्वारा खाडिचौर बजारमा बिरोध सभा गरेको छ। सभामा राँके जुलुस सहित चोलेन्द्र शम्सेर राणा र माधकुमार नेपालको पुत्ला दहन गरिएको अनेरास्ववियु एक नेताले जानकारी दिए ।putlakk.jpg

प्रधानन्यायाधिसको राजिनामा माग गर्दै उनीहरुले माधव कुमार नेपाललाई गद्धारको संंज्ञा दिँदै एमाले छाड्न समेत सार्वजनिक रुपमा आग्रह गरे । पार्टी हित बिपरीत कार्य गरेको  भन्दै माधव कुमार नेपाल बिरुद्ध एमाले नेता कार्यकर्ताले ‘गद्धार माकुने एमाले छोड’ भन्दै चर्को नाराबाजी  समेत गरे ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!