नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस) लागू गर्दैछ।

विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने दर्ता नगरिएका मोबाइललाज्ञ अवैध भनिएको छ ।

र त्यस्ता सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरुले भने डराउनु नपर्ने प्राधिकरणले बताएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ । विदेशबाट सिधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।

 

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!