सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै भाडादरको सूचि सार्वजनिक गरेको हो ।

पेट्रोलियमको मूल्य वृद्धि भएपछि यातायातको भाडादर बढाइएको हो ।

विभागले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको गत असार २७ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार भाडा वृद्धि गरेको थियो ।

मन्त्रिस्तरीय निर्णय अनुसार यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराइमा संचालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!