ज्योतिषशास्त्रका अनुसार हरेक कुराहरुमा कुनै न कुनै राज लुकेर बसेको हुन्छ। त्यसैले कतिपयले जति राम्रो गर्दा पनि फल नै पाईरहेका हुदैनन्। ज्योतिषशास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन्।

१) दाँतमाथि दाँत खप्टिनुः जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानि हुन्छन् । यसका साथै यिनीहरुको राम्रा तथा सधैँ साथ दिने मित्रहरु हुन्छन्। यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन्।

२) ६ वटा औँलाः हातमा ५ वटा नभएर ६ वटा औँला हुन्छ उनीहरुको भाग्य एकदमै बलियो हुन्छ । यी व्यक्तिहरु हरेक कामलाई आफ्नो मान्छन र धेरै नै इमान्दारीताको साथ गर्ने गर्छन्। यसका साथै यी व्यक्तिहरुले प्रसिद्धि समेत कमाउँछ

३) दाँतको बीच खाली ठाउँः दाँतको बीच ग्याप हुने व्यक्तिहरु आर्थिक क्षेत्रका निर्णय लिन धेरै नै सक्षम हुन्छन्। समुद्रशास्त्र अनुसार यस्ता व्यक्तिहरु गफाडि हुन्छन्।कुरा बनाउन कहिल्यै पनि थाक्दैनन । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँतबीच खाली ठाउँ हुन्छ त्यस्ता व्यक्तिहरु पैसा देखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन्।

४) पुरुषको छातीमाः जुन पुरुषको छातीमा रौँ हुन्छ त्यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन्। पैसाको कुरा गर्ने हो भने यस्ता व्यक्ति धेरै नै धनी हुन्छन् र यिनीहरुलाई जीन्दगीभर कहिल्यै पनि धनको कमी हुँदैन।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!