हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ। दुवै मिर्गौला फेल भएर हाल उनी टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्।एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन्।

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। तर छोरीहरुले थाहा नपाऊन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन्।

अस्पतालमा डाइलसीस चलिरहँदा केही दिनदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन्।

पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

मिर्गौला प्रत्यारोपण गर्नु पर्ने भएपछि सम्पुर्ण सहयोगी महानुभाव हरुमा अपिल गरिएको छ।
डङ्गोल अहिले त्रि बि शिक्षण अस्पताल महाराजगन्ज स्थित ३०५ नम्बर बेडमा छिन

स्वास्थ्य गम्भीर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन्।

चम्सुरी  नामले परिचित पल्पसा अभिनयमा सक्रिय नै रहेकी  थिइन्। उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन्।

May be an image of 2 people and people sitting

May be an image of 1 person and hospital

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!