साउन ३। हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मिर्गौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

सो समस्याका कारण उनी एक महिना अस्पताल भर्ना भएर केही दिन अगाडि मात्र घर फर्किएकी थिइन् । तर घर फर्के लगत्तै स्वास्थ्यमा फेरि समस्या देखिएकोले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।

बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला  टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

आज इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा  पुगेर उहाँको अवस्था बुझेर  रु ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।ईन्द्रेणि समाजबाट

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!