कुनै महिलाको हर्मोन सन्तुलन अनुसार गर्भपतन वा प्रसुती भएको महिलाको महिनावारी पुन सुरु हुन्छ । केहि महिलाको गर्भपतन वा प्रसुती भएको ४५ दिनपछि पुन महिनावारी सुरु हुन्छ । भने केहि महिलाको अलि ढिला ६ महिना वा १ बर्षपछि सुरु हुने गर्दछ ।

गर्भपतन वा प्रसुती भएको ४५ दिनपछि वा ६ महिना १ बर्षमा हुने महिनावारीलाई नै सामान्य नै मानिन्छ ।

गर्भपतन वा प्रसुती भएको यहि समयमा नै महिनावारी हुनुपर्छ भन्ने हुदैँन । केहि महिलाहरु गर्भपतन वा प्रसुती भएको ४५ दिनमा नै पुन महिनावारी सुरु भयो वा ४५ दिनमा नै भएन ढिला भइसक्यो भनेर डराउने गर्छन् । तर चिकित्सकिय हिसाबले ढिला या चाडो सुरु हुने दुबै महिनावारीलाई सामान्य नै मानिन्छ ।

त्यसैले गर्भपतन वा प्रसुती भएको यति समयमा नै महिनावारी सुरु हुन्छ भन्न सकिदैँन । महिलाको शारीरिक अवस्था र हर्मोनको अवस्था अनुसार पुन महिनावारी सुरु हुने उनले बताइन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!