एक डोज मात्र लगाएमा पुग्ने कोरोनाविरुद्धको खोप अमेरिकी खोप आजबाट लगाइँदै छ । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको जोन्सन एन्न्ड जोन्सन कम्पनीको उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका मान्छेले आजबाट लगाउन पाउने भएका हुन् ।

आज उक्त खोप काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्र तथा खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुका तोकिएका खोपकेन्द्रबाट लगाइनेछ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरु (क र ख वर्ग) लाई प्राथमिकताका साथ लगाइने छ ।

आज (साउन ४) गतेदेखि ६ गतेसम्म ३ दिन मात्र उक्त लगाइनेछ । अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज नेपाललाई दिएको हो ।

यी हुन् खोप केन्द्र

१.  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

२.   त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज

३.   वीर अस्पताल

४.   परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली

५.  निजामती कर्मचारी अस्पताल, बानेश्वर

६.   काठमाडौँ मेडिकल कलेज, सिनामंगल

७.   नेपाल प्रहरी अस्पताल, पानीपोखरी

८.   वीरेन्द्र सैनिक अस्पताल, छाउनी

९.   पिपल्स डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे

१०.  हिमाल अस्पताल, ज्ञानेश्वर

११.  सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु

१२.  छत्रपाटी निःशुल्क चिकित्सालय, छत्रपाटी

१३. जनमैत्री अस्पताल, बालाजु

१४.  मनमोहन अस्पताल, स्वयम्भू

१५.  काठमाडौँ मोडल अस्पताल, प्रदर्शनी मार्ग

१६.  ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर, धुम्बाराही

१७.  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१८.  नेशनल हस्पिटल, कलंकी

१९.  रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, रामघाट गौशाला

२०.  कान्तिपुर अस्पताल, तीनकुने

२१.  राधास्वामी आइसोलेसन सेन्टर, बसुन्धरा

२२.  जनकल्याण माध्यमिक विद्यालय, आइसोलेसन केन्द्र

२३.  नरदेवी आयुर्वेद अस्पताल, नरदेवी

२४. महेन्द्रनारायण निधि अस्पताल, बसुन्धरा

२५.  नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क

२६.  मेट्रो अस्पताल, नारायण गोपाल चोक

२७.  इरा इन्टरनेशनल अस्पताल, सोह्रखुट्टे

२८. हेल्पिङ् ह्याण्ड्स अस्पताल, चावहिल

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!