अत्यन्त सस्तो मूल्यमा १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने घोषणासहित बजार प्रवेश गरेको सिजी नेटले पहिलोपटक आफ्नो सेवा विस्तार गरेको छ ।

यसअघि सेवा सुरु गर्दा ललितपुरका जावलाखेल, झम्सिखेलजस्ता सीमित ठाउँमा मात्र सेवा उपलब्ध गराएको कम्पनीले अब काठमाडौंमा पनि सेवा दिने भएको हो ।

कम्पनीका अनुसार काठमाडौंका कुलेश्वर, बल्खु, कलङ्की, कालिमाटी, टेकु र त्रिपुरेश्वरमा समेत सीजी नेट जडान गर्न सकिनेछ । नेपालको प्रतिष्ठित घराना चौधरी समूह अन्तर्गतको सीजी नेटले एक महिनाअघि आफ्नो सेवा सुरु गरेको थियो ।

उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।सीजी नेटकाे अफर थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!