काठमाडौँ – राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ ।

फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सक्ने गरी तयारी भइरहेको बताएको थियो । बैठकलगत्तै दिउँसो प्रधानमन्त्री कार्यालयको निर्देशनमा काठमाडौं महानगरपालिका, सडक विभाग र शहरी विकास तथा भवन निर्माण विभागको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो । साइट अवलोकन गर्दा दशैंअघि फोहोर व्यवस्थापन हुन सक्ने अवस्था नदेखिएको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

उनले भने– ‘सिसडोल ल्यान्डफिल साइट भरिइसकेको छ, ‘भ्याली टु’ को केही स्थान खाली गरेर फोहोर व्यवस्थापन गरिरहेका छौं ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!