कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई  घर निर्माण गरिदिने भएका छन् l

४३ वटा पक्की घर निर्माण गर्दिने तयारी गर्दै सोमबार कलाकारद्वारा संचालित सिन्धु सहयोग कोषको समूहले ती क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । आज बस्ने कोषको बैठकले यसबारे थप योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरूले जनाएका छन् ।  ती क्षेत्रको स्थलगत निरीक्षण गर्न कलाकार टेालीमा करीश्मा मानन्धर, कृष्ण ढुङ्गाना,जितु नेपाल,पुजा शर्मा,चेतन सापकाेटा,जनकदीप पराजुली,शिवहरी वैरागी पुगेका थिए ।

वहाहरुले हेलम्वु गाउपालिका प्रमुख श्री निमा ग्पाल्जेन तथा मेलम्ची नगर प्रमुख श्री डम्वर अर्याल तथा उप प्रमुख संग छलफल गर्नु भएकाे थियाे।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!