कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् ।

परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ ।

गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!