दुर्घटनामा परेर बेड रेस्टमा रहेकी टिका सानु मिडियामा आएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै टिकाले आफ्नो हालको अवस्थाको बारेमा बताईन् । टिका यतिबेला आफ्नो दाई मानसिं खड्काको साथमा बसिरहेकी छिन् ।

आफ्नो कोठामा शौचालयको असहजताको कारण उनी दाईकोमा आएकी हुन् । एक हप्तादेखि आराम गरिरहँदा समय समयमा खुट्टाको पिडाले टिका रुन्छिन् । एक गीतको छायाँकनको क्रममा उनको खुट्टाको हड्डीमा समस्या आयो ।

आफुले खेल्छु भनेर बाचा गरेका गीतहरुमा अभिनय गर्न नपाउँदा र कामको चापका बिच आफुलाई यस्तो समस्या हुँदा टिका पिडामा छिन् ।

अब फेरी चेकअप गरेर डाक्टरको सल्लाह अनुसार उनी रेष्टमा बस्नेछिन् ।उनलाई लाग्छ, छिट्टै नै आफु काममा फर्कने अवस्था भने रहदैन । यस बिचमा आमा बुवालाई सम्झेर टिका धेरै भक्कानिईन् ।

उनले भनिन्, आमा बुवाको साह्रै याद आउँछ, फोनमा कुरा हुँदा हासेर बोल्छु, पिडा लुकाउँछु ।

भिडियो हेर्नुस

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!