आजदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् ।

प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले आज शुक्रबार यो सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यो सुविधा पाईनेछ ।

 

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!