गत वर्ष कोरोना महामारीका कारण ९ महिना फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएनन् । लकडाउन अन्त्यपछि भने थुप्रै फिल्म निर्माण भए । केही नयाँ फिल्म प्रदर्शनमा पनि आए ।

निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड हुने विभिन्न क्षेत्र खुलेका छन् ।केही निर्माताले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु पनि गरिसकेका छन् ।

निषेधाज्ञाभन्दा एक हप्ता अगाडि फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु भएको थियो । तर, संक्रमण बढेको भन्दै काठमाडौंमा निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन रोकियो ।

निषेधाज्ञा खुकुलो भएसँगै आइतवारबाट फिल्मको छायांकन सुरु भएको छ । आइतवार काठमाडौंको एक स्टूडियोमा इन्डोर छायांकन गरिएको फिल्मको सोमवारदेखि धुलिखेलमा छायांकन भइरहेको छ ।

फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर छायांकन सुरु गरेको जानकारी दिए ।

फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!