काठमाडौं – मध्यभोटेकोशी जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओ सबै विक्री भएको छ ।

विक्री प्रबन्धक ग्लोबल क्यापिटलका अनुसार बुधवारसम्म ६६ लाख ६९ हजार १५३ कित्ताका लागि आवेदन परेको हो । ३१ हजार ५०० जनाले उक्त कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा १ दशमलव ११ गुणा बढी हो ।

कम्पनीले साउन ५ गते देखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

उक्त शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम ५० कित्ता देखि ४०० कित्ता सम्ममा आवेदन गर्न सक्नेछन् ।

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं ९साविक लिस्ती गाविस र मार्मिङ गाविसु० १ र ५ ,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ ९साविक गाती गाविस० तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ ९साविक घुमथाङ गाविस र मानेश्रा गाविस० का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीयका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।

आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!