बिदेशबाट नेपाल आउने यात्रुहरुले नेपाल आए पछि क्वारेन्टाइन बस्न नपर्ने भएको छ ।

बिदेशबाट नेपाल फर्किदा बिदेशबाट कोरोनाको खोप लगाएर आएको छ भने नेपालमा क्वारेन्टाइन बस्न पर्दैन तर होम क्वारेन्टाइनमा भने बस्नु पर्ने छ ।

खोप नलगाएको बिदेशबाट आउने नेपाली कामदारको हकमा सरकारले तोकिएको क्वारेन्टाइन होटेलमा बस्नु पर्ने छ । त्यस्तै

बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ ।

कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ ।

युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।

पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘एम्बर लिष्ट’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको छ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!