काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा जन्मनु भएको मोडेल सारिका पराजुली आजा भोलि निकै ब्यस्त देखिन्छिन। विश्व भरी फैलिएको कोरोना भाइरसको महामारी दोस्रो चरणमा प्रवेश गरेपनी नयाँ नया गितहरु बजार मा ल्याएर आफ्नो दर्शक श्रोताहरुलाई मनोरञ्जन दिदै म्युजिक भिडियोमा अभिनय गर्दै आउनु भएको छ।

अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सोच राखेकी मोडल सारिका पराजुली का अगाडि थुप्रै गित हरु बजार मा आइसकेको छ्न ।मलाई बोलाउनु पर्दैन “, कान्छी नानी “, तिम्रो आखामा “ जस्ता थुप्रै गितहरु बजारमा आइसकेको छ्न। बिशेश गरि लोक गित संगीत लाई माया गर्ने पराजुली पछिल्लो समय कलाकरिता क्षेत्रमा नै लागिरहेकी छिन।

सानै देखि गित संगीत मन पराउने अभिनय गर्न रुचि राख्ने पराजुली को पछिल्लो समय “पहिलो माया” नामक गित बजारमा आउदै छ। उनै मोडल सङ्ग टक नेपालले गरेको कुराकानी जस्ताको तस्तै :-

१- नमस्ते हजुर सन्चै हुनुहुन्छ ?

-सन्चै हजुर आरमै छु ।

२-आज भोलि के मा ब्यस्त हुनुहुन्छ नि ?

-कलाकारिता मै ब्यस्त भनौं अब आउने नया भिडियो को काममा निकै ब्यस्त छु आज भोलि अहिले निरन्तर कलाकारिता मै ब्यस्त छु भनौं ।

३-कलाकारिता क्षेत्रमा कतिको गार्हो सजिलो के छ ?

-गारो त सबै क्षेत्रमा गाह्रो नै हुन्छ तर पनि सजिलो ढङ्गबाट सुरु गर्दैछु

४-कहिले देखि कलाकारिता क्षेत्रमा लाग्नु भएको होनि?

-म चाहिँ बिगत ३ बर्ष यता निरन्तर कलाकारिता क्षेत्रमा लागिरहेको छु।निरन्तर लागिरजने छु।

५-कलाकारितामा लागे पछि अहिले सम्म कति जति भिडियो मा अभिनय गर्नु भयो नि?

– कलाकारितामा लागेपछि अहिलेसम्म सातवटा भिडियोमा अभिनय गरिसके

६-यस क्षेत्र बाट नै आत्मनिर्भर हुन सकिन्छ या जीवन चलाउन सकिएला त?

-यस क्षेत्रबाट नै आत्मनिर्भर हुनसकिन्छ किनभने आफुले मेहनत गरे अनुसार यो क्षेत्रमा राम्रो हुन्छ जस्तो लाग्छ

७-पछिल्लो समय नायिका तथा मोडल हरुले चर्चामा आउन आफ्नो अंग प्रदशन गर्ने गर्दछ्न के चर्चित हुन अंग प्रदशन नै गर्नु पर्ने होर ?

-चर्चामा आउनको लागि अंगप्रदर्शन नै गर्नु पर्छ भन्ने लाग्दैन मलाई किनभने आफ्नो कला बाट नाम चर्चा कमाउने हो

८-आज सम्म तपाईंले अभिनय गर्नु भएको मध्य तपाईं आफैलाइ मन गरेको भिडियो चाहिँ कुन हो नि

-आज सम्म मैले अभिनय गरेका गित हरु त धेरै छ्न आफुले गरेका काम हरु त सबै राम्रा नै छ्न राम्रो पनि अबस्य लागि हाल्छ नि ,ती मध्य पनि कान्छी नानी बोलको गित एक्दमै मन पर्छ।त्यस्ले दर्शक तथा श्रोताको मन जित्यो। खुसी लाग्छ ।

९-तपाइले अभिनय गर्नु भएको कुनै नया गित बजारमा आउदै छ कि ?

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!