जनकपुरधाम : धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको ह’त्या गरेर एउटै खाल्डोमा गा’डेको अवस्थामा श’व फेला परेको छ । ह’त्या आरोपमा युवक पक्रा’उ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिता देवी मण्डलको ह’त्या गरेका हुन् । भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अनै’तिक सम्बन्ध रहेको आ’शङ्का गरी ह’त्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

दुवै जनाको श’व घर नजिककै झाडीमा खाल्डो खनेर गा’डेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

रातिदेखि बेप’त्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो श’ङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर श’व गाडेको स्वीकार गरेका थिए । त्यसपछि श’व गाडेको ठाउँमा प्रहरीले घेरा हालेर श’व निकालेको थियो ।

शव उत्खननपश्चात् प्रहरीले घट’नास्थलको प्रकृति मुचु’ल्का उठाई श’व परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृ’त’क दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्र’हार गरी ह’त्या गरेको हुनसक्ने प्र’हरीको अनुमान छ । राति नै ह’त्या गरेर श’व गाडेको शङ्का गरिएको छ ।

स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनै’तिक सम्बन्ध रहेको आ’शङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झै’झगडा हुँदै आएको थियो ।

सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको ह’त्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिता  देवीका दुई छोराछोरी मध्ये ६  बर्षिय छोरा र ४ बर्षीय छोरी छन ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!