जनकपुरधाम उपमहानगरपालिकाका ६४ जना सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । निर्वाचन कार्यालयमा ७१ जनामध्ये ६४ जनाले आज लोसपा राजेर सनाखत गराएका हुन् ।

पार्टीले पहिलो दिन जनकपुरधामलाई सनाखत गर्न पत्राचार गरेको थियो । तीन दिनभित्र सबै पालिकाका सदस्यहरूको सनाखत गर्ने पार्टीको तयारी छ । नगरकी उपप्रमुख रिता झा, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले सनाखत गराएका हुन् ।

सनाखत गराउन नसकेको सदस्यहरू कोही बाहिर त कोही बिरामी भएका कारण आज हुने गराउन नसकेको नेताहरूले जानकारी दिएका छन् । जनकपुरधामका नगरप्रमुख भने पूर्व राजपाबाट निर्वाचित भएपछि अहिले जसपा रोजेका छन् ।

राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर, पछिल्लो समय जसपा विभाजित भएपछि लोसपा निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी फुटेका कारण आयोगले भदौ २२ गतेभित्र जनप्रतिनिधिलाई सनाखत गर्न परिपत्र गरिएको छ ।टुडे खोजबाट साभार

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!