काठमाडौं – तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओमा ३९.३४ गुणा बढीको आवेदन परेको थियो  । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको र २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले योग्य रहेका २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफांड गरेको छ। जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएका छन् ।

केहीबेर सम्पन्न भएको आईपिओ बाँडफाँडको नतिजा विभिन्न तीन वटा वेभसाईटमा हेर्न सकिनेछ । तेह्रथुम पावर कम्पनीको आफ्नै वेभसाईट नभएकोले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, सिडिएर एण्ड क्लीयरिङ हाउसको वेभसाईट र मेरो शेयरबाट हेर्न सकिनेछ ।

तेह्रथुम पावरको आईपिओ बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेभसाईट https://niblcapital.com/  सिडीएसले आईपिओको नतिजा हेर्नको लागि बनाएको वेभसाईट https://iporesult.cdsc.com.np/ र सिडीएससीको मेरो शेयर https://meroshare.cdsc.com.np/#/login  बाट हेर्ने सकिने छ ।

एनआईबीएल एस क्यापिटलका अनुसार नतिजाको लागि केही घण्टा समय लाग्नेछ ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!