चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब आफ्नै युट्युब च्यानल जेपिटी क्रियशन अफिसियल बाट प्रशारण हुने भएको छ।

यसअघि ‘सक्किगोनी’ ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रशारण हुँदै आएको थियो।ओएसआर युट्युब च्यानलसँगको सम्झौता सकिएपछि अब ‘सक्किगोनी’ अब आफ्नै युट्युब च्यानल बाट प्रशारण हुने सिरियलका निर्देशन कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए

‘सक्किगोनी’ अबदेखि प्रत्येक बिहीबार बेलुकी ९ः०० बजे आफ्नै युट्युब च्यानल जेपिटी क्रियशन अफिसियलबाट हेर्न पाउने कट्टेलले बताए। उक्त कुरा कट्टेलले आफ्नो फेसबुकमार्फत पनि जानकारी दिएका छन्।

“सक्किगोनी”अब आफ्नै युटुब च्यानलमा।।

आदरणीय दर्शकबृन्द नमस्कार,तपाईहरुले अत्यधिक माया गरेर मनोरञ्जन लिईरहनु भएको “सक्किगोनी” अबदेखि प्रत्येक बिहिबार 9:00 बजे हाम्रो आफ्नै युटुब च्यानल “JPT CREATION OFFICIAL” बाट हेर्न पाउनुहुनेछ।

तपाईहरुको माया,सद्भाव ,साथ निरन्तरताको लागि हाम्रो नयाँ युटुब च्यानल “JPT CREATION OFFICIAL”लाई लाईक,सेयर,सब्स्क्राईब गरिदिनु होला

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!