ताप्लेजुङका भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्।

विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्।यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका थिए।

टप-३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले ‘पेन्टोमाइम’ अभिनय रोजे। उनको यो रोजाइ सबै निर्णायकका लागि जोखिमपूर्ण लाग्यो।भरतमणिजस्तै विक्की पनि अनुभवी कलाकार हुन्।

उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन्। कमेडी च्याम्पियन नबने पनि विक्कीले धेरैको मन जितेर फर्केका छन्। यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन्।

उनले स्कुटर जितेका छन्।टप-३ सम्म  सन्तोषले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालासम्मको भूमिकामा दर्शकलाई हसाए। सामाजिक सन्दर्भका व्यंग्य जोडे।

‘नेपाली टिचर’ उनको सर्वाधिक मन पराइएको प्रस्तुति रह्यो।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!