असोज १२ गते।जनकपुरधामको अस्पताल रोडमा रहेको एक कपडा पसलमा भि’षण आग’ला’गी भएको छ ।

रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा मंगलबार करिब १२ बजेतिर आग’लागी भएको हो ।

विद्युत सर्ट भएर आग’लागी भएको पसल संचालकको एक जना आफन्तको भनाई छ ।बस्त्रालय खोलेर चौधरी पूजा गर्न मन्दिर पुगेका थिए । तर फर्केपछि बस्त्रालयमा आगो लागिसकेको थियो ।

आग’लागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट भएको छ । आग’लागीबाट करो’डौंको क्षती भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाईएको थियो ।

जनकपुरमा पटक पटक आग’लगीका घटना हुन्छ । तर समयमा बारुण यन्त्र नपुग्दा बढी क्षति हुने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय विद्युत सर्ट भएर आगो लाग्ने घटना बढेको छ ।Janaki Post

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!