असोज १४, बलेफी- सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ डाँडागाउँ माने डाँडा मा अबस्थित फ्याफुल्ला युवा क्लवले आफ्नो नयाँ निर्माण सप्पन्न भवन उद्घाटन तथा दशै बिशेष साङ्गितिक कार्यक्रम गर्ने भएको छ।

नेपाली हरुको महान पर्व दशै को अबसरमा यो कार्यक्रम गर्न लागेको हो।२०६४ सालमा स्थापना भएको श्री फ्याफुल्ला क्लबले बिगत का बर्ष हरुमा पनि यस्तै कार्यक्रम हरु गर्ने गरेको थियो बिशेष गरि तामाङ बस्ती भएकाले ल्होसार कार्यक्रम पनि गर्दै आइरहेको छ।बिगत का बर्ष झै यस बर्ष पनि सो कार्यक्रम गर्न लागेको हो ।

क्लबले निकै समय पछि आफ्नै भवन पाएको छ।सो भवन केही समय अघि मात्र निर्माण सम्पन्न भएको हो।समाननिय सभामुख अग्नि प्रसाद सापकोटा को प्रमुख आतिथ्यता मा क्लब भवन उद्घाटन हुन लागेको हो ।

कार्यक्रममा चर्चित कलाकार हरु पनि आउने भएका छ।गायन को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएका चर्चित गायक शिव परियार , चर्चित सेलो गायिका बबिता पाखृन, सेलो गायक अनिश योन्जन, गायिका पुजा तामाङ,सेलो गायिका रोस्ना लुङ्वा , लोक गायक रबिन गहतराज, रमेश दुलाल (काग दाइ ) साङ्गितिक ग्रुप को साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।May be an image of outdoors

May be an image of outdoorsMay be an image of sky, tree and mountain

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!