प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई ए’सि’ड प्र’हा’र गर्ने युवकलाई पुनः प’क्रा’उ गरेको छ ।

रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई प’क्रा’उ गरेको हो ।

उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्र’हा’र गरेका थिए । घ’ट’ना लगतै प’क्रा’उ परेका मियाँ वि’रू’द्ध ज्यान मा’र्ने उद्योग तथा ते’जा’ब प्र’हा’र गरी अनुहार कु’रुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।

कोभिड-१९ को पहिलो लहरको प्रकोपका २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पू’नः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद स’जा’य तोकेको थियो ।

तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए।उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।द नेपाल लाइभ

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!