साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) प्रि अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ भने कम्पनीको आईपिओ बाँडफाँड भने  आज हुँदैछ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँड असोज १७ गते आज बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौमा बिहान ९ बजे हुनेछ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५।६२ गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौमा बिहान ९ बजे बाँडफाँड गरिने भए पनि त्यसकाे केही घण्टापछि मात्रै इन्टरनेटमा नतिजा हेर्न मिल्नेछ ।सेयर चाैतारीले लेखेकाे छ।

ताजा समाचारको लागि हाम्रो पेजलाई लाइक शेयर गर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!